काठमाडौं । नेपाल प्रहरीमा सेवारत क्रिकेटर दीपेन्द्रसिंह ऐरीले एसियन गेम्समा विश्वकिर्तिमानी ब्याटिङ गरेसँगै ऐरीको पद बढुवा भएको छ । ऐरी प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा हुनुभएको हो ।

प्रहरी प्रवक्ता कुवेर कडायतले क्रिकेटमा विश्वकीर्तिमान राखेको सम्मानस्वरूप उहाँलाई बढुवा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी ९पीसीसी० ले सो निर्णय गरेको हो ।

नेपाली क्रिकेटमा उहाँको योगदानको कदरस्वरूप विशेष बढुवा गरिएको प्रवक्ता कडायतले बताउनुभयो ।

दीपेन्द्र सन् २०१६ देखि नेपाल प्रहरीमा आवद्ध हुनुहुन्छ । उहाँ नेपाल प्रहरीको क्रिकेट टीमका कप्तानसमेत हुनुहुन्छ । चीनमा आयोजित एसियन गेम्सको क्रिकेट प्रतिस्पर्धामा ऐरीले मंगोलियाविरुद्ध ९ बलमा अर्धसतक बनाउदै विश्वकीर्तिमान रच्नुभएको छ ।

उहाँले भारतीय ब्याट्सम्यान युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान तोडेनुभएको हो ।

अन्तिम पटक अध्यावधिक गरिएको 37 Viewed

प्रतिक्रिया दिनुहोस्