दसैंका लागि बस सेवा bussewa.com को अग्रिमा बुकिङ खुल्ला

  • ख-
  • ख+

काठमाडौं । अहिले धमा–धम दसैं तिहारको लागि ‘बस सेवा डटकम’ bussewa.com बाटै टिकट काटेर यात्रुहरु घर गइरहेका छन् ।

बस सेवा डटकमका सीईओ डिआर खनालले बस सेवाबाट दैनिक ३५ हजार टिकट उपलब्ध भइरहेको बताए । उनले भने, ‘छोटो दूरीदेखि लामो दूरीसम्मका ६० भन्दा बढी जिल्लाहरुका लागि अनलाइनमा टिकट उपलब्ध रहेका छन् । घटस्थापना अर्थात यही असोज २७ गतेसम्मका लागि अनलाइनबाटै टिकट काट्न सुरु भइसकेको छ । भने, त्यसपछिका लागि केही दिनमा खुल्ने बससेवा डटकमले जनाएको छ ।’

बससेवा डटकममा ऐसी बसदेखि डिलक्स लगायतका सम्पूर्ण बसहरु उपलब्ध रहेका छन् । सरकारले भने अग्रिम टिकट खुल्ला गर्न सकेको छैन ।

यातायात व्यवसायीहरुले दसैंको बेला नै सार्वजनिक यातायातको भाडा वृद्धि गर्न माग गरेपछि सरकारले अग्रिमा टिकट बुकिङ खुलाउन नसेको हो ।

यातायात व्यवस्था विभाग र यातायातमन्त्री दसैंमा भाडा बढाउने पक्षमा छैनन् भने, यातायात व्यवसायीले भाडा वृद्धि नगरी अग्रिमा टिकट खुल्ला नगर्ने बताइरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्