दाङमा श्रीमान् श्रीमती मृत फेला

  • ख-
  • ख+

२० असोज, दाङ । दाङको तुलसीपुरमा श्रीमान् श्रीमती मृत अवस्थामा भेटिएको छ ।

तुलसीपुर(९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका त्रिवेणी गाउँपालिका ४ फलावाङका २६ वर्षिय सुशील भण्डारी र शारदा नगरपालिका(१२ की २१ वर्षिय पबित्रा डाँगी भण्डारी एउटै कोठामा शनिबार बिहान मृत अवस्थामा भेटिनुभएको हो ।

भण्डारी युवक झुण्डीएको अवस्थामा र युवती डाँगी टाउकोमा चोट लागि बेडमा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवराज केसीले बताउनुभयो ।

घटनाको प्रकृती हेर्दा र फेला परेको सुसाइड नोटका आधारमा युवक भण्डारीले श्रीमती डाँगीलाई कुटपिट गरेर हत्या गरेपछि आत्महत्या गरेको हुन सक्ने देखिएको केसीले बताउनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

दुई महिना अघिमात्र बिबाह गरेका उनीहरुले तुलसीपुरमा भाडामा बसेर दैनिक ज्याला मजदुरी गर्दै आएको प्रहरीले जानकारी दिएको छ ।
साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्