तुइन चुँडिदा कर्णाली नदीमा मक्कर सिंह नेपाली बेपत्ता

  • ख-
  • ख+

२१ असोज । हुम्ला । तुइन तर्ने क्रममा डोरी चुँडिदा कर्णाली नदीमा खसेर एक जना बेपत्ता हुनुभएको छ । हुम्लाको सर्केगाड गाउँपालिका –२ रिपस्थित ल्याप्चे घाटमा शनिबार तुइन तर्ने क्रममा तुइन तान्ने डोरी चुँडिदा ३८ वर्षीय मक्कर सिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता हुनुभएको हो ।

तर्ने क्रममा तुइन चुँडिएपछि मुगु जिल्ला सोरु गाउँपालिका वडा नं. ५ नेर गाउँका नेपाली बेपत्ता भएको कर्णाली करिडोर सडक निर्माण कार्यदल सुनाखाडाले जनाएको बराहदल गुल्म रानीवन ब्यारेक सिमकोटका गुल्मपति सेनानी दिनेश खड्काले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्