मा.वि. तह तृतीय श्रेणीको अंग्रेजी र नेपाली विषय शिक्षकको नतिजा सार्वजनिक

  • ख-
  • ख+

२१ असोज, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गर्न थालेको छ । आयोगले शनिबार अंग्रेजी विषय शिक्षकको नतिजा सार्वजनिक गरेको छ ।

कोशी प्रदेशको १४ रिक्त पदको लागि, मधेश प्रदेशको ५ रिक्त पदको लागि, बागमति प्रदेशको १६ रिक्त पद लागि, गण्डकी प्रदेशको लागि १९ रिक्त पदको लागि विज्ञापन खुलाएको थियो ।

त्यस्तैगरी लुम्बिनी प्रदेशको लागि १५ रिक्त पदको लागि, कर्णाली प्रदेशको १३ रिक्त पदमा र सुदूरपश्चिम प्रदेशको १२ रिक्त दरबन्दी गरी आयोगले ९४ रिक्त अंग्रेजी विषय शिक्षक पदको लागि १८ चैत २०७९ मा सामान्य र ९ असार २०८० मा विषयगत परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले यस अघि गत शुक्रबार नेपाली विषय शिक्षकको नतिजा सार्वजनिक गरेको थियो । १४१ नेपाली विषय रिक्त पदको लागि आयोगले गत ९ असारमा भएको विषयगत परीक्षामा उत्तीर्ण उम्मेद्वारको १७ असोजमा अन्तर्वार्ता लिएको थियो ।

सोही अन्तर्वार्ता अनुसार आयोगले नेपाली विषयको विषयगत नतिजा सार्वजनिक गरको हो । कोशी प्रदेशको ११ रिक्त पदको लागि, मधेश प्रदेशको २४ रिक्त पदको लागि, बागमति प्रदेशको २८ रिक्त पद लागि, गण्डकी प्रदेशको लागि ३२ रिक्त पदको लागि विज्ञापन खुलाएको थियो ।

त्यस्तैगरी लुम्बिनी प्रदेशको लागि ११ रिक्त पदको लागि, कर्णाली प्रदेशको ९ रिक्त पदमा र सुदूरपश्चिम प्रदेशको ९ रिक्त दरबन्दीको लागि विज्ञापन खुलाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्