लमजुगंमा छोराले गरे बुवाको हत्या

  • ख-
  • ख+

बेसीशहर । लमजुङमा दाह्री काट्ने मेसिन नदिएको भन्दै धारिलो हतियार प्रयोग गरेर छोराले बुवाको हत्या गरेका छन्।

क्व्होलासोथार गाउँपालिका-९ टक्सार का २८ वर्षीय सजन बि.क.ले ६० वर्षीय दिलबहादुर बि.क.माथि खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

असोज १० गते दाह्री काट्ने जिलेट मेसिन नदिएको विषयलाई लिएर झगडा हुँदा सुजनले दिलबहादुरलाई खुकुरी हानेका थिए।

उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा शनिबार दिउँसो दिलबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुजनलाई भने प्रहरी चौकी गिलुङबाट खटिएको टोलीले १६ गते पक्राउ गरिसकेको थियो। स्थानीयले दिएको सूचनाका आधारमा बि.क. लाई पक्राउ गर्न सफल भएको प्रहरीले जानकारी दिएको छ।
साभारः सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?