भिमादले प्रतिवडा १ लाख सडक सरसफाई खर्च बाँड्दैः चाडपर्वमा रकम बाँड्ने काम अनुचित भन्दै कांग्रेस नेता

  • ख-
  • ख+

२३ असोज । तनहूँ । भिमाद नगरपालिकाले चाडपर्व लक्षित सडक सरसफाईका लागि प्रतिवडा १ लाख रुपैया बिनियोजन गरेको छ । भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदीका अनुसार गाउँघरतिरका नगरपालिका बनाएका सडकहरु पहिल्यैदेखि नै चाडपर्वको समयमा सफा गर्ने चलन भएकोले ९ वटा वडामा १ लाखका दरले रकम दिन लागिएको बताउनुभएको छ ।
भिमाद नगरपालिकाले चाडपर्वमा सडक सरसफाईका लागि १ लाख रुपैया दिने भएको छ यस्लाई तपाईले कसरी लिनुभएको छ ? भनि उक्त नगरपालिकाका स्थानिय एवं नेपाली कांग्रेसका युवा नेता चुडामणी खनाललाई प्रश्न गर्दा उहाँ पहिलो कुरा त म यो चाडपर्व भन्ने समयमा सडक सरसफाई गर्नुपर्छ भन्ने कुराको विरोधी हुँ आफ्नो ठाउँ सधै सफा राख्नुपर्दछ नि भन्नुभएको छ साथै भिमादमा मात्र होईन जताततै झाँरा टार्नको गरिएका चाडपर्वको बेला सडक सरसफाईमा बजेट निकासा गर्ने कामहरु कत्तिको विश्वसनिय छन् प्रश्न सधै उव्जिरहेको छ त्यसैले बन्द हुनुपर्दछ , चाडपर्वको बेला १, २ लाख खर्च गरयो सफा गरे झैं गर्यो अरुबेला फर्केर नहेर्ने होईन नगरपालिका भएपछि सधै हेर्नुपर्छ नि खनालको भनाई रहेको छ ।
खनालकै प्रश्नलाई जोडेर भिमादका मेयर दधिराज सुवेदीसग प्रश्न यो त बजेट सक्ने र कार्यकर्ता पोस्ने मेलो हो कि भनेर प्श्न गर्दा बिल्कुल होईन भिमादमा नगरपालिकाले छुटयाएको रकमबबबाट के कस्ता कामहरु भए जनप्रतिनिधि र प्राविधिकहरुबाट कडा अनुगमन हुन्छ , सय प्रतिशत नै ईमान्दारिताप्रर्वक सबैले काम गर्लान् भन्न सकिदैन तर रकमको दुरुपयोग हुन नदिने कुरामा नगरपालिका एकदमै सचेत छ भन्नुभएको छ ।
तनहूँको दक्षिण पश्चिम भेगको भिमाद नगरपालिकाको अधिकांश विकट गाउँ रहेकोले सडकहरुको अवस्था पनि बर्षौदेखि सन्तोषजनक रहेको पाईदैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्