चिप्लिएर खोलामा खस्दा मध्यनेपाल ९ का नेपाली सेनाका लेस नायक सितल थापाको मृत्यु

  • ख-
  • ख+

रूपन्देही । दाङको लमहीमा चिप्लिएर अर्जुन खोलामा खस्दा एकजना नेपाली सेनाको मृत्यु भएको छ ।

लमही नगरपालिका ६ देउपुरमा रहेको रणसिंह दल गण अर्जुन खोलामा शौचालय गर्न जाँदा चिप्लिएर अर्जुन खोलामा खस्दा उक्त गणमा कार्यरत ३० वर्षीय लेस नायक सितल थापाको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंखर श्रेष्ठले जनाए ।

लमजुङको मध्यनेपाल नगरपालिका-९ घर भएको थापा उक्त गणमा कार्यरत रहेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्