एक लाख ७५ हजारले भरे निमावि शिक्षक लाइसेन्सको लागि फारम

  • ख-
  • ख+

१४ कात्तिक, काठमाडौं । शिक्षक सेवा आयोगले सञ्चालन गर्न लागेको निम्न माध्यामिक तहको शिक्षक लाइसेन्स परीक्षाको लागि करिब दुई लाखले फारम भरेका छन् ।

शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहट्टाको अनुसार एक लाख ७५ हजार जनाले परीक्षा फारम भरेको जानकारी दिए ।

आयोगले १८ कात्तिकमा निमावि तहको शिक्षक लाइसेन्स परीक्षा नेपालभर ६७५ परीक्षा केन्द्रमा सञ्चालन गर्ने तयारी गरेको छ ।

आयोगले लोकसेवा आयोगको परीक्षा केन्द्रसँग जुध्न गएको भन्दै सोमबार बागमती प्रदेश काठमाडौं जिल्लाका निमावि शिक्षक लाइसेन्स परीक्षा केन्द्र परिवर्तन गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्