श्रीमती हत्या आरोपमा युवक पक्राउ

  • ख-
  • ख+

१५ कात्तिक, काठमाडौं । कपिलवस्तुमा श्रीमती हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिका-८ बरकुलका २६ वर्षका विनयकुमार चमार श्रीमती सन्ध्या चमारको हत्या आरोपमा पक्राउ परेका हुन् । ८ कात्तिकमा सन्ध्याको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार पक्राउ परेका विनयकुमारले मालाले घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ । उनीमाथि कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्