अबैध लागू औषध सहित दमौलीबाट बुद्धिबहादुर र सना खान पक्राउ

  • ख-
  • ख+

तनहूँ । अबैध लागू औषध सहित तनहूँको व्यास नगरपालिका वडा नंं १३ छाब्दिखोला दोभानबाट दमौलीमा २ व्यक्ति पक्राउ परेका छन् । कार्तिक १९ गते बिहान करिब ११ बजेको समयमा व्यास १३ छाब्दी दोभान स्थित बुद्ध सिं मार्गमा बेलबास तर्फबाट दमौलीतर्फ बुद्धिमान गुरुङले चलाई ल्याउदै गरेको ग २२ प ५८३६ नं को स्कुटर रोकी चेकजाँच गर्दा स्कुटर चालक जिल्ला व्यास ३ बस्ने ३२ बर्षिय बुद्धिमान गुरुङ र व्यास २ भेटघाटचोक बस्ने ३४ बर्षिया सहिदा भन्ने सना खान पक्राउ गरिएको हो । उक्त समयमा निजहरुको शरिर तथा स्कुटर तलासी गर्दा निजहरुको शरिर तथा स्कुटरको डिक्की भित्र समेत अबैध रुपमा लुकाएको लागु औषध Diazepam को सिसी ३८ एम्पुल, Buprenorphine को सिसी ३५ एम्पुल र Promethazine Hydrochloride को सिसी ३९ एम्पुल गरी जम्मा ११२ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ।
उक्त लागु औषध सहित निज बुद्धिमान गुरुङ र सहिदा भन्ने सना खानलाई नियन्त्रणमा लिई आज कार्तिक २० गते सोमबार निजहरु बिरुद्द लागु औषध मुद्दामा सम्मानित तनहूँ जिल्ला अदालतबाट दिन ६ (छ) को म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ। ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्