महालेखाले औल्याएका कमी कमजोरीहरुलाई सुधार्न नगरपालिका प्रतिवद्ध रहेको भिमादका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद मसासिनीको भनाई

  • ख-
  • ख+

तनहूँ । स्थानिय निकाय संचालनमा देखिएका कमी कमजोरी र अव्यवस्थित खर्च प्रणाली सुधार गरि महालेखा परिक्षकको प्रतिवेदनले देखाएका कमी कमजोरीलाई सुधार्न भिमाद नगरपालिका लागेको छ । महालेखा परिक्षकको प्रतिवदेनले आर्थिक बर्ष २०७८/ ७९ मा औल्याएका शिक्षकलाई महंगी भत्ता, जिल्ला दररेट भन्दा वढि भुक्तानी, पदाधिकारीलाई बढि सुविधा लगायतका शिर्षकमा असुल उपर गर्नुपर्ने देखाएकोले आँउदा दिनहरुमा ति कुराहरुमा सर्तक रहेर काम गर्न सबैलाई निर्देशन दिएको भिमाद नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद मसासिनीले बताउनुभएको छ ।
तनहूँका अन्य पालिकाहरुमध्ये महालेखाको परिक्षकको प्रतिवेदनले तुलनात्मक रुपमा काम बेरुजू कम देखिएको भिमाद नगरपालिकामा बेरुजू असुल उपर गर्न र प्रतिवेदनले औल्याएका कमजोरीहरु सुधार्नको लागि मेयर दधिराज सुवेदी, उपमेयर शारदा खनाल, अन्य जनप्रतिनिधि र कर्मचारीको आफुले साथ पाएकोले अघिल्ला बर्षहरुमा भन्दा यस बर्ष बेरुजू अझै घट्ने पनि डेढ एक महिना अगाडि भिमाद नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा आउनुभएका मोहनप्रसाद मसासिनीले बताउनुभएको छ ।
महालेखा परिक्षकको प्रतिवेदन २०७८/७९ मा तनहूँका अन्य पालिकाको तुलनामा भिमाद नगरपालिकामा बेरुजू, असुल उपर गर्नुपर्ने, विल भर्पाईहरु पेश गर्नुपर्ने लगायतका त्रुटिहरुमा कमि देखिएपनि खर्च , भुक्तानी लगायतका आर्थिक पक्षहरुमा प्रशस्त सुधार गर्नुपर्ने आवश्यश्यकता देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्