मेचि महाकाली अभियानका अभियन्तालाई बेसीशहरमा स्वागत तथा सम्मान

  • ख-
  • ख+

लमजुगं । मेचि महाकाली अभियानका अभियन्ताहरु लमजुङ आइपुगेका छन् । चाडपर्वको बेला कोही पनि व्यक्ति सडकमा बस्न नपरो भन्ने उद्धेश्य उक्त आभियानमा हिडेने क्रममा लमजुङ आइपुगेको हो । लमजुङ आउने क्रममा उक्त अभियन्ताहरुलाई समन्वय समिति लमजुङ र बेसीशहर नगरपालिकाको आयोजनमा स्वागत तथा सम्मान गरिएको छ ।

संविधान सभा सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि घलेले संविधानमा पनि नाना, छाना, शिक्षा जस्ता अतिआवश्यक कुरालाई महत्व दिईएको बताउदै अभियानमा सदैव साथ सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा बेसीशहर नगरपालिका प्रमुख गुमन सिंह अर्याल, क्वहोलासोथर गाँउपालिका अध्यक्ष सुर्य प्रसाद गुरुङ, दोर्दी गाँउपालिका उपाध्यक्ष विच्छ बहादुर घले लगायतले शुभकामन मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रिय संस्थापक अध्यक्ष रामजी अधिकारीले अभियानमा भोगेका तिता मिठा अनुभव साटसाट गर्नुभएको थियो । मेचि महाकाली अभियानको क्रममा लमजुङको सुन्दरबजार नगरपालिकामा दुई जना गरी हाल सम्म १ सय ६३ जनाको उद्धार गरेको उहाँले बताउनुभयो ।

संस्थापक अध्यक्ष अधिकारीका अनुसार उक्त अभियानमा मानव सेवा आश्रममा सेवारत ४० जना अभियानतहरु रहेका छन् । मानव सेवा आश्रमको हाल सम्म २४ वटा सेवा केन्द्र रहेको अधिकारीले जानकारी दिनुभयो । उक्त अभियानका लागि भने गायिका आनी छोइङ डोल्माले २४ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।

समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख बुनाकुमारी रिमालले स्वागत गर्नुभएको थियो ।
मर्स्याङदी समाचार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्