लमजुगंको सुन्दरबजार नगरपालिका वडा नंं ७ पाउदीमा दोस्रो वडा अध्यक्ष कप सुरु

  • ख-
  • ख+

२४ कात्तिक । लमजुगं । सुन्दरबजार नगरपालिका वडा नं. ७ पाउदीमा दोस्रो खुल्ला वडा अध्यक्ष कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।

स्थानीय दोभान एकता क्लवले आयोजना गरेको प्रतियोगिता पाउँदी वजारस्थित मर्स्याङदी आधारभुत विद्यालयको मैदानमा सञ्चालन भएको छ । प्रतियोगिताको सुन्दरवजार ७ का वडा अध्यक्ष जयराम रेग्मीले उद्घाटन गर्नुभएको हो । वडा अध्यक्ष रेग्मीले खेल क्षेत्रको विकासका लागि वडाले विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने वताउनुभयो । वडामा सिमित वजेट हुदाँ खेल संरचना निमार्णमा आवश्यक सहयोग गर्न नसकेको उहाँको भनाई थियो ।

यस्ता प्रतियोगिताले युुवाहरुमा भएको खेल क्षमता प्रष्फुटन गर्ने, खेलाडीको पहिचान गर्ने उतपादन गर्न सहयोग पुग्ने वताउनुभयो । उहाँले अनुशासित भएर खेल खेल्न समेत खेलाडीहरुलाई अनुरोध गर्नुभयो ।

उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष सुक्रबहादुर अधिकारिको अध्यक्षतामा भएको हो । उहाँले क्लवले गर्दै आएका गतिविधिवारे जनाकारी गराउनुभएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख रुपैया, कप, मेडल र प्रमाणपत्र रहेको छ । द्धितिय पुरस्कार ५० हजार रुपैया, मेडल र प्रमाणपत्र, सेमीफाइनल पुग्ने दुई टिमलाई सान्त्वना पुरस्कार १० हजार र प्रमाणपत्र रहेको छ ।

त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताका लागि वडा नं. ७ ले एक लाख ५० हजार आर्थिक सहयोग गरेको क्लवका प्रचारप्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो ।

दोभान एकता युवा क्लवले खेलकुद गतिविधि सँगै सडक बत्ति राख्ने सार्वजनिक सौचालय, बजार, मन्दिर, मरन घाट क्षेत्रमा सरसफाई गर्ने लगायतका कामगर्दै आएको छ । क्लबका सचिब सुदिवकान्त अधिकारिले सन्चालन गर्नु भएको कार्यक्रममा सदस्य तिला केसि मिश्रले स्वागत मन्तब्य राख्नुभएको थियो । उद्घाटनका अवसरमा दोभान एकता युवा क्ल्ब र बुद्ध युवा क्ल्बको शो म्याच भएको थियो ।

मर्स्याङदी समाचार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्