नवलपरासी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को देवचुली नगरपालिका-९ जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ ।

बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका-९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व० का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए।

दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

नेपाल प्रेस

अन्तिम पटक अध्यावधिक गरिएको 69 Viewed

प्रतिक्रिया दिनुहोस्