गैडाकोटको अक्सफोर्ड कलेजका विद्यार्थीले जापानको ईन्जिनियरिङ कम्पनीमा रोजगारी पाउने

  • ख-
  • ख+

नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड) कलेजले ले जापानको एक इन्जिनियरिङ कम्पनीसँग ऐतिहासिक सम्झौता गरेको छ । जापानको राजधानी टोकियोमा रहेको आईएमएसी (IMSG) इन्जिनियरिङ कम्पनीसँग अक्सफोर्डले इन्जिनियरिङ र कम्प्युटर विषयको चारबर्षे कोर्ष उर्तिण भएका विद्यार्थीहरुको लागि रोजगारी दिलाउने विषयमा सम्झौता गरेको हो । सहमतीपत्रमा आइएमएसीका जनरल म्यानेजर हिरोकजु र अक्सफोर्ड कलेजका प्राचार्य प्रोफेसर ई। हरि भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

जापान भ्रमणमा रहनुभएका अक्सफोर्ड कजेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीका अनुसार बिसिए, सीभील इन्जिनियरिङ, बीइ इलेक्ट्रेकिल एण्ड इलेक्ट्रोनीक्स र ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ विषय उतिर्ण भएका विद्यार्थीहरुलाई टोकीयोको आईएमएसी (IMSG) इन्जिनियरिङ कम्पनीमा आर्कषक तलव र सेवा सुविधा सहित रोजगारीको अवसर प्राप्त हुने भएको हो । अक्सफोर्ड कलेज र सो इन्जिनियरिङ कम्पनीसँग भएको समझादारी पत्रअनुसार निशुल्क रुपमा विद्यार्थीहरु जापान जान सक्नेछन् । चारवर्षे कोर्ष पुरा गरि रोजगारीको पर्खाइमा रहेका विद्यार्थीहरुलाई कलेजले गरेको सम्झौताले खुसी तुल्याएको छ ।

रोजगारीको लागि जापान जान चाहने विद्यार्थीहरुले आफ्नो शैक्षिक प्रमाणपत्र सहित अक्सफोर्ड कलेजमा आवेदन दिनसक्ने प्राचार्य भण्डारीले बताउनुभयो । उहाँका अनुसार रोजगारीको लागि जापान जान चाहने विद्यार्थीहरुसँग आधारभूत जापनिज भाषाको ज्ञान भने हुनुपर्नेछ । कलेजसँगको सहमती अनुसार उक्त आईएमएसी (IMSG) इन्जिनियरिङ कम्पनीले भाषा सहजिकरणका लागि आफ्नै प्रतिनिधि समेत खटाउन सक्नेछ ।

अक्सफोर्डसँग भएको सहमतीलाई कार्यान्वयनकै चरणमा लैजानको लागि आगामी महिना सो कम्पनीका प्रमुख तथा प्रतिनिधिहरु नेपाल आउने तयारी छ ।कम्पनीसँग भएको सहमती अनुसार अक्सफोर्ड कलेजबाट उतिर्ण भएका विद्यार्थीहरुले दैनिक ८ घण्टाका दरले प्रति महिना २६ दिन काम गरे वापत रु २ लाख २० हजार रुपैँया न्यूनतम तलव प्राप्त गर्नेछन् । इन्जिनियरिङ विषय सकेका नेपाली विद्यार्थीहरुले अध्ययन अनुसारको रोजगारीको अवसर प्राप्त गर्नसमेत मुस्किल परिरहेको बेला अक्सफोर्डको सम्झौताले बिद्यार्थीहरु खुसी भएका छन् ।

अक्सफोर्ड कलेजले स्नातक तहमा बिसिए, बिबिए, सीभील इन्जिनियरिङ, बीइ इलेक्ट्रेकिल एण्ड इलेक्ट्रोनीक्स र ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ पढाई सञ्चालन गर्दै आएको छ । वि.सं. २०५७ सालमा स्थापना भएको कलेजले सफल नेतृत्व, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । पोखरा विश्वविद्यालयले हालसम्म प्रदान गरेका १० वटा गोल्डमेडल मध्ये अक्सफोर्ड कलेजले मात्रै ८ वटा गोल्ड मेडल प्राप्त गर्न सफल भएको छ ।
(उज्यालो खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्