मादि सेति नदीले बगाई दमौलीका ९२ बर्षिय जेष्ठ नागरिक बेपत्ता

  • ख-
  • ख+

तनहूँ । मादि सेति नदीले बगाई व्यास २ दमौली, डाङ्ग्रे खोल्सी बस्ने ९२ बर्षिय गणेश कुमार श्रेष्ठ बेपत्ता हुनुभएको छ । ६ गते बिहान खाना खाई घरबाट निस्किईनु भएका श्रेष्ठ बेलुकी अबेरसम्म घर फर्किई नआएपछी निजको घर परिवार र छरछिमेकले जान सक्ने संभावित स्थानहरुमा खोजतलास गरेको थियो । उक्त क्रममा साँझ करिब ८ः ३० बजेतिर ब्यास ३ पन्चमन्दिर नजिक सेती र मादी नदीको संगमस्थल किनारमा निजले लगाएको कपडा सर्ट, पाईन्ट, टोपि,ज्याकेट चप्पल, लौरी, घडि र जेष्ठ नागरीक परीचय पत्र फेला परेको परिवारले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।
निजको नाती शुशिल कुमार श्रेष्ठले जिल्ला प्रहरी कार्यालय तनहुँमा जानकारी गराएको हुँदा निज गणेश कुमार श्रेष्ठ सोही नदीले बगाई बेपत्ता बनाएको हुनसक्ने संभावना रहेको हुँदा तत्काल प्रहरी अधिकृत सहितको टोली खटीई गई उक्त नदिमा खोजतलास गरीरहेको, हालसम्म फेला नपरेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्