सवारी दुर्घटनामा शुक्लागण्डकी ७ का २७ बर्षिय विनोद गुरुगंको मृत्यु

  • ख-
  • ख+

तनहूँ । हिजो राति भएको सवारी दुर्घटनामा शुक्लागण्डकीका २७ बर्षिय विनोद गुरुगंको मृत्यु भएको छ । हिजो राति करिब ११ बजेको समयमा तनहूँकै म्याग्दे गाउँपालिका वडा नं.५ धारापानी स्थित भिमाद बेलचौतारा भित्री सडक खण्डमा भिमादबाट बेलचौतारा तर्फ जादै गरेको मोटरसाईकल आफै अनियन्त्रित भई सडकबाट थाङदी खोलामा खस्न गई दुर्घटना शुक्लागण्डकी ७ का गुरुङको मृत्यु भएको हो । दुर्घटना पश्चा मोटरसाईकल चालक विनोद गुरुगं र पछाडि बस्ने अनोज गुरुङ उद्दार गरी उपचारको लागी जि.पि. कोईराला श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा लगिएकोमा घाईते मध्ये मोटरसाइकल पछाडी बस्ने बिनोद गुरुङको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।
साथै मोटरसाइकल चालक अनोज गुरुङ लेखनाथ सिटी अस्पताल पोखरा कास्कीमा उपचार भईरहेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्