बेसीशहरमा मंसिर १९ देखि २३ गतेसम्म चौथो मेयर कप फुटवल प्रतियोगिता हुदै

  • ख-
  • ख+

लमजुगं । बेसीशहरमा चौथो मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । बेसीशहर नगरपालिकाको प्रयोजनमा नगर खेलकुद विकास समितिले मेयर कप आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा पालिका अन्र्तगतका ११ वटा वडा सहभागिता हुने प्रतियोगिता यहि मंसिर १९ देखि २३ गते सम्म संचालन हुने छ । उक्त प्रतियोगिताबाट आउँदो पुसमा हुने त्रिवेणी युवा क्लबद्धारा आयोजित त्रिवेणी कपका लागि प्रतियोगि छनौट गरिने प्रतियोगिताबाट छनौट भएकाहरुलाई बेसीशहरको तर्फबाट त्रिवेणी कपमा खेलाईने छ ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद १ लाख ट्रफि मेडल र प्रमाण पत्र र द्धितीय हुनेलाई नगद ५० हजार मेडल र प्रमाण पत्र प्रदान गरिनुका साथै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५÷५ हजार मेडल र प्रमाण पत्र प्रदान गरीने खेलकुद विकास समितिले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्