प्याब्सनको आयोजनामा हिज्जे र हाजिर जवाफ प्रतियोगिता सम्पन्न

  • ख-
  • ख+

१५ मंसिर । लमजुङ । प्याब्सन लमजुङको आयोजनामा शुक्रवार हिज्जे प्रतियोगिता (spelling contest)   र हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
भुपु सैनिक भोटेवडारमा भएको मा।वि स्तरिय स्प्लीङ कन्टेस्ट प्रतियोगितामा बेसीशहरस्थित युनिभर्सल एकेडेमि प्रथम, ल्याण्ड स्टार इङ्गलिस स्कुल द्धितिय र हिमचुली बोर्डिङ तृतिय भएका छन् ।

त्यसैगरी सुन्दरबजारस्थित इनसाइट भिजन वोर्डिङ स्कुलमा भएको आधारभूत तह हाजिर जवाफ प्रतियोगितामा भूपू सैनिक भोटेवडार प्रथम, युनिभर्सल एकेडेमी द्धितिय र हिमचुली खुदी तृतिय भएका छन् ।

प्रतियोगितामा १३ विद्यालय सहभागि थिए । कार्यक्रम प्याव्सन लमजुङका अध्यक्ष मेन बहादुर घलेको अध्यक्षता एवं प्याब्सनका प्रदेश कोषाधयक्ष खेम वहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रतियोगिताका विजयी विद्यालय तथा विद्यार्थीलाई आगामी पुस २४ गते प्याव्सन दिवसका अवसरमा पुरस्कार वितरण गरिने प्याव्सन लमजुङका सचिव विमल अधिकारीले जानकारी दिनुभयो ।
साभारः मर्स्याङदी समाचार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्