तनहूँका सुशिल पौडेल भुकम्प पिडितलाई न्यानो कपडा पठाउदै

  • ख-
  • ख+

तनहूँ । साहारा नेपाल परोपकारी संस्थाका अध्यक्ष सुशिल पौडेल भुकम्प पिडितलाई न्यानो कपडा पठाउन लाग्नुभएको छ । जाडोको मौषममा भुकम्प पिडितलाई न्यानो कपडाको अभाव भएको सुनेर जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्प बाट प्रभावित क्षेत्रमा न्यानो कपडा पठाउने तयारी गरेको उहाँले बताउनुभएको छ ।

तनहूँको व्यास नगरपालिका वडा नंं ६ स्याम्घा घर भई हाल काठमाण्डौमा बसोवास गर्नुहुने पौडेल आफु उक्त स्थानमा जान नसकेपनि आफुले पठाएको सामाग्रीहरु उचित व्यक्तिले पाउनेमा उहाँ आशावादी बन्नुभएको छ ।

होटल व्यवसायी समेत रहनुभएका पौडेल विदेशबाट बेखर्ची भएर फर्कने नेपालीहरुलाई निः शुल्क खान, बस्न र आफ्नै खर्चमा घरसम्म सहयोग गर्दै आउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्