स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु, स्थानीयले प्रदर्शन गरेपछि लुम्बिनी तनावग्रस्त

  • ख-
  • ख+

रुपन्देही । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारी लुम्बिनी ककरहवा सडक खण्डमा शनिबार विहान स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने बस जलाएका छन् भने अहिले सो क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

घाइतेको भैरहवामा उपचार भइरहेको छ। सूर्यपुरा ३ सिद्धार्थ बोर्डिंग स्कुल को लु१क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि स्थानीयले स्कुलबसमा आगो लगाइदिएका छन्। आगोले बस पूर्ण रुपमा क्षति भएको छ।

घटनामा मोटरसाइकलमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ का २१ वर्षीय मोहम्मद ईरसाद र १६ वर्षिया रुविना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी उक्त दुर्घटनामा घाइते सोही ठाउकै १७ वर्षीया अप्सना खातुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।
घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ।

स्थानीय वीरेन्द्र मिश्रका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका ४ अमारी गाउँका इरसार मुसलमानले आफ्ना बालबालिका मदरसा छोड्न जाने क्रममा शनिबार भ्रमणमा जाँदै गरेको सो स्कुल बसले ठक्कर दिएर यस्तो घटना भएको जानकारी दिए । उनका अनुसार अहिले सो क्षेत्रमा स्थानीयले प्रदर्शन गरेका छन् भने स्थिति तनावग्रस्त भएको छ ।

साभारः नेपाल प्रेस
तस्बिरः विरेन्द्र मिश्र

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्