ट्रकको ठक्करबाट म्याग्देमा भिमादकी २६ बर्षिय सुकमायाको मृत्यु

  • ख-
  • ख+

१६ मंसिर । तनहूँ । ट्रकको ठक्करबाट भिमादकी २६ बर्षिय सुकमाया बि.क. को मृत्यु भएको छ । आज करिब ६ बजेको समयमा म्याग्दे गाउँपालिका वडा नं. ६ मौरीबजार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा दमौली तर्फबाट पोखरा तर्फ जादै गरेको ग १७ प ६५९७ नं.को मोटरसाइकललाई सोही दिशाबाट जादैँ गरेको बा .प्र.०१(००६ ख २८६१ नं. को ट्रकले ठक्कर दिदा बि.क.को मृत्यु भएको हो ।

दुर्घटना हुँदा मोटरसाइकल चालक भिमाद नगरपालिका वडा नं. ९ थामडाँडा बस्ने बर्ष ३४ को रामचन्द्र बि.क. पछाडी सवार २६ बर्षिय सुक माया बि.क., छोराहरु ३ बर्षिय सुमन बि.क. र ६ बर्षिय गुराँस बि.क. घाईते भएकोमा सुकमाया बि.क. को उपचारको क्रममा ६ः३० बजे जि.पी. कोईराला स्वास प्रश्वास केन्द्र बेलचौतारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।
अन्य तिन घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको, ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्