बेसीशहर नगरस्तरिय राष्ट्रपती रनिङ्गशिल्डको उपाधि युनिभर्सल एकेडेमीलाई

  • ख-
  • ख+

१७ मंसिर । बेसीशहर नगरपालिका स्तरिय छैटौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी बेसीशहर ७ मा रहेको युनिभर्सल एकेडेमीले जितेको छ ।

बिहिवारबाट सुरु भएको बेसीशहर नगरस्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८० मा नगरपालिका अन्तर्गतका सामुदायिक तथा निजी विद्यालयहरुको सहभागिता थियो । बेसीशहर ७ स्थित जनविकास मा.वि. खेल मैदानमा सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, ४ रजत र ३ कास्य पदक जित्दै युनिभर्सल एकेडेमीले राष्ट्रिपति रनिङशिल्डको उपाधी हात पारेको हो ।

प्रतियोगितामा जनकल्याण मा.वि. उदीपुरले दोस्रो स्थान हासिल गरेको छ । जनकल्याण मा.वि.ले ७ स्वर्ण, चार रजत र एक कास्य जितेको छ भने तेस्रो स्थान हासिल गर्न सफल जनविकास मा.वि. बेसीशहरले ७ स्वर्ण, ३ रजत र ६ कास्य पदक जितेको छ ।

नगरपालिका भित्रका विभिन्न २३ विद्यालयले सहभागिता जनाएको छैटौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रथम, द्धितिय र तृयित हुन सफल विद्यालय ७।७ स्वर्ण जितेका छन् ।

बेसीशहर नगरपालिकाको आयोजना तथा जनविकास माविको संयोजनमा सञ्चालन भएको प्रतियोगितामा एथलेटिक्स अन्तर्गत लामो तथा छोटो दुरीका दौडहरु, भलिबल, लङजम्प, हाइजम्प, लगायत छात्राछात्र दुवैतर्फ विभिन्न १७ विधाका खेल खेलाइएको जनविकास मा.वि.का शिक्षक एवं खेल संयोजक राजु राउतले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजयी विजयी विद्यालय तथा विद्यार्थीलाई बेसीशहर नगरपालिकाका प्रमुख गुमान सिहं अर्यालले ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । नगरप्रमुख अर्यालको प्रमुख आतिथ्यता एवं जनविकास माविका प्रधानाध्यापक एकदेव घिमिरेको अध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन कार्याक्रममा बेसीशहर नगरपालिका शिक्षा शाखा प्रमुख किसानराज चिलुवाल, विभिन्न विद्यालयका प्र.अ., शिक्षक तथा विद्यार्थी सहभागी थिए । कार्यक्रमको सञ्चालन खेल संयोजक राज राउतले गर्नुभएको थियो ।

नगरस्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत सवै विधाका खेलबाट उत्कृष्ट दुई दुईजनालाई जिल्लास्तरीय प्रतियोगितामा सहभागी गराईने छ । जिल्लाबाट पनि उत्कृष्ट भएकाहरुलाई प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराईने नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
मर्स्याङदी समाचार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्