हरिवंश आचार्यको खेलाडीप्रति सर्मपित गीत ”हामी नेपाली, हाम्रो खेलाडी” सार्वजनिक

  • ख-
  • ख+

हास्यकलाकार हरिवंश आचार्यले खेलकुदसम्बन्धी नयाँ गीत सार्वजनिक भएको छ। दिपराज थापाको शब्दमा ”हामी नेपाली, हाम्रो खेलाडी” बोलको गीत मह संचारको युट्युब च्यानलबाट सार्वजनिक गर्नुभएको हो ।

नयाँ र पुराना दृश्य समेटिएको गीतको भिडियोमा निकै आर्कषक रहेको छ । गीतकार थापाले खेलाडीसम्बन्धी खेल गीत लेख्नुभएको रहेछ । मलाई गाइदिनुस् भन्नुभयो । पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्थामा उहाँहरुप्रति पनि सम्मान हुने हिसाबले यो गीत गाएँ । खेलाडीप्रति सम्मान बोकेको यो गीत नेपालको खेल स्टेडियममा पनि बज्छ भन्ने आशा गरेको छु आचार्यको भनाई छ ।

श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको गीतलाई राजन राईले रेकर्ड गर्नुभएको हो भने विशाल निरौलाको संगीत, सौगातजंग थापाको र्‍याप रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्