व्यासका शिक्षकलाई स्वास्थ्य पोषण सम्बन्धी क्षमता अभिवृद्धि तालिम

  • ख-
  • ख+

२८ मंसिर तनहूँ । । तनहूँको व्यास नगरपालिकाले विद्यालयका स्वास्थ्य शिक्षकहरुलाई स्वास्थ्य तथा पोषण क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनमा नगर भित्र रहेका निजी तथा सामुदायिक विद्यालयका स्वास्थ्य शिक्षकलाई मंगलबार र बुधबार गरि दुई दिन तालिम प्रदान गरिएको हो । विद्यालयबाट प्रदान गरिने आधारभुत स्वास्थ्य तथा पोषणका सेवाहरु प्रभावकारी रुपमा सञ्चालनका लागि आवश्यक सहयोग तथा समन्वय गर्नको लागि तालिम प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार तालिम प्रदान गरि सकेपछि बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउनेको साथै शारीरिक, मानसिक,शैक्षिक,बौद्धिकको विकास हुने अपेक्षा गरिएको छ । उक्त तालिममा नगरपालिका भित्र रहेका निजी तथा सामुदायिक विद्यालयका २० जना स्वास्थ्य शिक्षक तथा प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । तालिममा नगरपालिकाको वरिष्ठ अस्पतााल नर्सिङ निरिक्षक कल्पना दाहाल र जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले प्रशिक्षण दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्