तनहूँमा प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिता शुरु

  • ख-
  • ख+

४ पौष । तनहूँ । तनहूँको दमौलीमा प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिता शुरु भएको छ । क्रिकेट संघ तनहूँको आयोजना भएको उक्त छनौट प्रतियोगिताको आज एक कार्यक्रमका विच जिल्ला खेलकुद विकास समिति तनहूँका अध्यक्ष अनिल पाण्डेले उद्घाटन गर्नुभयो । क्रिकेट संघ तनहूँका अध्यक्ष मदन तिमल्सेनाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति तनहूँका अध्यक्ष अनिल पाण्डेले यस्ता प्रतियोगिताबाट लुकेर बसेका खेलाडीहरुको पहिचान गर्न सजिलो हुने बताउनुभएको थियो ।
कार्यक्रममा क्रिकेट संघका केन्द्रिय सदस्य सुदिप शर्मा, राजनीतिकर्मी हरिराज कडेल, क्रिकेट संघ गण्डकी प्रदेशका सचिव सुमन राज कार्की, नेपाल पत्रकार महासंघ तनहूँ शाखाका पुर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई लगाएतका महानुभावहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संंघका सचिव अमित कैनीले गर्नुभएको थियो ।

क्रिकेट संघ तनहूँको आयोजना प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समिति तनहूँका अध्यक्ष अनिल पाण्डेले गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्