पूर्ण स्मृती शुक्लागण्डकी एफ एम पुरस्कार तथा सम्मानबाट पत्रकार खनाल सहित तीनजना सम्मानित

सर्वज्योति
  • ख-
  • ख+

पूर्ण स्मृती शुक्लागण्डकी एफ एम पुरस्कार तथा सम्मान २०८० ू बाट पत्रकार खनाल सहित तीनजना सम्मानित भएका छन् ।
तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ।एम। ९७।६ मेगाहर्जका अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ।एम। सम्मान तथा पुरस्कार बाट खनाल सहित तिनजना सम्मानित भएका हुन् । एफएमको आठौैं वार्षिक साधारणसभाका अवसरमा सोमबार दुलेगौंडामा आयोजित कार्यक्रममा सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि
गण्डकी प्रदेशका सांसद श्यामराजा महतले सञ्चार माध्यम समाजको आखा भएको बताए । जीवन भनेको सुख र दुखको भुमरी हो भन्दै महतले समाजलाई अगाडि बढाउन सकारात्मक सोचका साथ पत्रकारले कलम चलाए थप सहज हुने बताए । स्वर्गीय पुर्णचन्द्र श्रेष्ठ एक
मृदुभाषि , सरल व्यक्तित्व भएको स्मरण गर्दै उनले उहाँको सम्झनामा अक्षयकोष स्थापना गरि तिनवटा बिधामा उत्कृष्ट व्यक्तित्व छनोट गरेर पुरस्कारको व्यवस्था गरिनु अत्यन्तै राम्रो काम भएको बताए ।

एफएमका अध्यक्ष स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले ३ विधा छनौट गरि पुरस्कार बितरण गरिएको हो । जसअनुसार पत्रकारितातर्फ बिकास खनाल , साहित्यतर्फ सागर उदास र समाजसेवातर्फ नन्द थापा रहेका छन् ।
तनहुँ जिल्ला भित्र क्रियाशिल रहेका मध्ये एक जना उत्कृष्ट पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिबाट उक्त सम्मान तथा पुरस्कृत व्यक्ति छनौट गरि पुरस्कृत गरिएको हो । पुरस्कृत तिनजना लाई नगद तथा दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको

एफएमका संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिए । सम्मानित भएका पत्रकार खनाल एक दशक देखि पत्रकारितामा क्रियाशिल छन् । दमौलीबाट प्रकाशित हुने मादीसेती प्रवाह दैनिक बाट पत्रकारिता सुरुवात गरेका खनाल लामो समय स्तम्भकारको रूपमा कलम चलाइ दमौलि न्युज हुँदै हाल बिएनबि अनलाइन , सेतीमादी दैनिक र प्राइम टेलिभिजन मा कार्यरत छन् । खनालले दमौली माहात्म्यमम पुस्तक समेत प्रकाशन गरेका छन् । तनहुँको म्याग्दे गाउँपालिका वडा नं १ गुणादीमा जन्मेका खनाल हाल दमौलीमा बस्दै आएका छन् ।

यसैगरी साहित्यतर्फ सम्मानित भएका सागर उदास बिगत लामो समयदेखि साहित्यका विभिन्न विधामा कलम चलाउने गर्दछन् । उनका थुप्रै कविता संग्रह र कृति प्रकाशित छन् । सागर हाल दमौलीमा बस्दै आएका छन् । यस्तै समाजसेवातर्फ छनौट भएका शुक्ला २ दगाम निवासी नन्द थापाले यस क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल रहि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष नारायण श्रेष्ठ , सुजित हिराचन र आनन्द शुन्दर श्रेष्ठ ले सम्मानित व्यक्तिहरूको बारेमा प्रकाश पारेका थिए ।
ऋषेश्वर भुवाई ऋतुको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शुक्लागण्डकि नपा वडा नं १० का अध्यक्ष राजेन्द्र क्षेत्री , सरस्वती सिग्देल लक्ष्मी , शिव पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा उत्कृष्ट कर्मचारी रिमा गुरूङ , उत्कृष्ट बिज्ञापनदाता संगम बानिया र चेतप्रसाद पंगेनिलाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्