व्यास ४ बाघभन्ज्याङ्गको वेदव्यास प्राथमिकका बिद्यार्थीलाई न्यानो कपडा वितरण

सर्वज्योति
  • ख-
  • ख+

तनहूँ । REBUILT NEPAL EDUCATION FOUNDATION ले व्यास ४ बाघभन्ज्याङ्गको वेदव्यास प्राथमिक विद्यालयका ४६ जना बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ। व्यास ४ का अध्यक्ष मनबहादुर गुरुङको प्रमुख आतिथ्यतामा टिसर्ट, ट्राउजर, ट्रयाक र टोपी बिद्यार्थीहरुलाई हस्तान्तरण गरिएको हो । विद्यार्थीहरुलाई न्यानो कपडा हस्तान्तरण गर्दै प्रमुख अतिथि गुरुगंले यस्ता असल कामहरु गर्न सबैजना लाग्नुपर्ने बताउदै सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा व्यास नगरपालिका शिक्षा शाखा प्रमुख नवीन पराजुली, व्यास ४ की वडा सदस्य राधा बि.क., विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष उर्मिला आचार्य विद्यालयकी प्रधानाध्यापक सीता वाग्ले ,विद्यालय व्यवस्थापन समितिकी पूर्व अध्यक्ष वसुन्धरा घर्ती, समाजसेवी श्रीराम कार्की, माधव न्यौपाने, नारायण सापकोटा , नानुमाया बस्नेत, क्षेत्र बहादुर थापा लगायत शिक्षक तथा अभिभावकको उपस्थिति रहेको थियो।
उक्त सहयोग हस्तान्तरण कार्यक्रम सहयोगी संस्था REBUILT NEPAL EDUCATION FOUNDATIONका प्रतिनिधि सरोज बस्नेत र दिपेन्द्र सापकोटाले कार्यक्रमको संयोजन गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्