नवलपुर विरुद्ध तनहुँको रोमाञ्चक जितः सन्दिप पराजुली म्यान अफ् दि म्याच

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ / सन्दिप पराजुलीले चमत्कारीक प्रर्दशन गरेर ९ विकेट लिए पछि तनहुँले नवलपुर विरुद्धको खेलमा रोमाञ्चक जित हात पारेको छ ।

पोखरामा जारी प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरीय एक दिवशिय क्रिकेट छनौट प्रतियोगिताको समुह ‘बी’ को खेलमा सन्दिपले चमत्कारीक वलिङ गर्दै ९ ओभरको स्पेलमा २ मेडन राख्दै २५ रन दिएर ९ विकेट हात पारेका हुन् । जारी प्रतियोगितामा सन्दिपले एउटै खेलमा सर्वाधिक विकेट हात पार्ने खेलाडी समेत बनेका छन् । गण्डकी प्रदेशकै लागि यो नयाँ किर्तिमान समेत हो ।

टस जितेर पारीको सुरुवात गरेको तनहुँ २८.४ ओभरमा पुरै १० विकेट गुमाउँदै ११० रन मात्रै बनायो । तनहुँका लागि क्रिश ऐरले ४७ बलमा ४१ रन र समिर कडेलले ३२ बलमा १८ रनको योगदान दिए । नवलपुरका लागि विशाल पौडेलले ७.४ ओभरमा २४ रन दिएर ३ विकेट हात पार्दा, कमल परियार कुमार रानाले समान २–२ विकेट लिए

यता १११ रनको लक्ष्य पछ्याउने क्रममा नवलपुर १०० रनमा नै धराशायी भयो । नवलपुरका लागि गोविन्द विकले २७ रनको पारी खेल्दा प्रोमिश अर्यालले २२, विशाल पौडेलले १७ र रिजन काफ्लेले १५ रन बनाए ।

९ विकेट हात पारेका सन्दिप म्यान अफ दि म्याच घोषित भए । उनको प्रदर्शनलाई देखेर पोखरा महानगर पालिका वडा नं १४ का अध्यक्षले व्यक्तिगत नगद २ हजार प्रदान गरे भने प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले उनलाई बल हस्तान्तरण गरे ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्