ग्यास पड्किएर थापा घाईते, घर क्षतिग्रस्त

  • ख-
  • ख+

कास्की । ग्यास विस्फोट हुँदा पोखरा महानगरपालिका नं. ३३, बहुमारा गण्डकीवेशी एक महिला पद्मा कुमारी थापा घाइते हुनुभएको छ ।

कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. ३३ बहुमारा गण्डकीवेशीका धनबहादुर थापाको घरमा ग्यास सिलिण्डर बिस्फोट भएर निज थापाकी श्रीमती पद्मा कुमारी थापा घाइते हुनुभएको हो । भान्सामा काम गरिरहदा ग्यास सिलिण्डर बिस्फोट पश्चात आगोको लप्का शरीरमा परेपछि वहाँ घाईते हुनुभएको हो ।
उक्त बिस्फोट पश्चात थापाको घरको झ्याल र ढोका पूर्णरुपमा क्षतिग्रस्त हुनुका साथै पक्की घरको गाह्रो चर्किएको छ ।

घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्