रातो मछिन्द्रनाथको रथ तान्नेक्रममा पक्राउ सबै छुटे

  • ख-
  • ख+

काठमाडौं – ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्नेक्रममा भएको झडपमा पक्राउ परेका सबै जना सोमबार रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक घटनामा पक्राउ परेका २४ जनालाई विरुद्ध अभद्ध व्यवहार अन्तर्गत मुद्दा चलाइएको थियो । छुट्नेहरुमा महेश बज्रचार्य, पृथविन्दु महर्जन, यादवलाल कायस्थ, ध्रुवराज बज्रचार्य, श्याम था, रवि शाक्य, असोज महर्जन, रविन शाक्य, सुविन शाक्यलगायत छन् ।

प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बयानको आधारमा उनीहरुलाई कसुरको मात्रा हेरेर न्युनतम सजाय गरि छोड्ने फैसाल गरेको बताए । राष्ट्रप्रमुख उपस्थित भएर सम्पन्न गरिने मत्स्येन्द्रनाथ रथ यात्रा बारेमा सरकारले अनिर्णयको बन्दी बनाएर विचल्लीमा पारेको भन्दै उनीहरु भाद्र १८ मा स्वत:स्फुर्त आन्दोलित भएका थिए । झडपपछि क्षमापूजा गरेर भाद्र २१ मा रथ तानेर पुल्चोकबाट अलि पर रहेको सोह्रखुट्टे पाटीसम्म पुुर्याई भोलीपल्ट जात्रा मनाइएको थियो । भाद्र २६ मा मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखेर बुङमती पुर्याईएको थियो । परम्परा अनुसार मत्स्येन्द्रनाथ सुर्य दक्षिणयण हुदाँ ६ महिना बुङमती र उत्तरयण हुदाँ ६ महिना पाटन मत्स्येन्द्रबहालस्थित मन्दिरमा बास बसाल्ने चलन छ ।
कोभिड–१९ कारणले यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने कर्म हुन सकेन ।

पक्राउ परेकाहरुलाई छुटाउन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, नेकपा नेतृ मन्जरी शाक्य र युवा नेता रमेशप्रसाद आर्चायले मुख्य भुमिका खेलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्