बन्दीपुर गाउँपालिकाद्धारा फोटोग्राफी तथा डकुमेन्ट्रि निर्माण तालिमको लागि आवेदन आव्हान

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ / तनहुँको बन्दिपुर गाउँपालिकाको कार्यालयले फोटोग्राफी तथा डकुमेन्ट्रि निर्माण तालिमको लागि आवेदन दिन आव्हान खोलेको छ । पर्यटन, कृषि, शिक्षा र पूर्वाधार, समृद्ध बन्दिपुर निर्माणको मुल आधार नारालाई आत्मसात गर्दै गाउँपालिकाद्धारा फागुन २८ गते बुधवार एक सूचना जारी गर्दै बन्दीपुर गाउँपालिकाको आ. ब. २०८१/२०८२ को नीति कार्यक्रम तथा बजेटबाट स्वीकृत कार्यक्रम “पर्यटन फोटोग्राफी तथा डकुमेन्ट्री निर्माण सम्बन्धी ५ दिने तालिममा सहभागी हुन चाहने र उल्लेखित योग्यता पुगेका ईच्छुक व्यक्तिले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र बन्दीपुर गाउँपालिका पर्यटन शाखामा आवेदन दिन आग्रह गरिएको छ । जस्को लागि बन्दीपुर गाउँपालिकाको स्थायी बासिन्दा हुनुपर्ने, १६ बर्ष पुरा भई ४० बर्ष ननाघेको हुनुपर्ने, न्यूनतम योग्यता एसईई वा सो सरह उतिर्ण भएको हुनुपर्ने, नेपाली नागरिक हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । प्रमुख प्रशासकिय अधिकृत यादवराज आचार्यद्धारा जारी सूचनामा प्रारम्भिक सूची छनोटमा परेका आवेदहरुलाई तालिममा सहभागी गराईने पनि जानकारी दिईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?