तनहूँ । सुमिना गुरुङले ‘मिस तनहूँ २०२१’ को ताज पहिरिन सफल हुनुभएको छ । शनिबार साँझ मनकामना चलचित्र हलमा सम्पन्न मिस तनहुँ को पाँचौं संस्करण २०२१ मा ९ जना प्रतियोगीलाई पछि पार्दै व्यास नगरपालिका २ निवासी १६ बर्षकी सुमिना उपाधी चुम्नुभएको छ । प्रतियोगितामा फस्ट रनरअप सन्धा धिताल हुनुभयो भने सेकेन्ड रनरअपको उपाधी बिशाखा श्रेष्ठले जित्नुभयो ।
त्यसैगरी दर्शकको रोजाइमा रिया सन्त्राले उपाधी जित्नुभयो । प्रतियोगिताको मुल्यांकनकर्तामा मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ, पर्यटन विज्ञ हरिसिं गुरुङ, मिस तनहूँ २०१५ सुजना श्रेष्ठ हुनुहुन्थ्यो । सुमिनाले नगद चेक पचास हजार सहित प्रमाण पत्र र ताज प्राप्त गर्नुभएको छ । प्रतियोगिताको फस्र्ट रनरअपले ३० हजार नगद चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो र सेकेण्ड रनरअपले २० हजार नगद चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो प्राप्त गरेका छन् । प्रतियोगिता डाँफे मल्टिमिडियाको आयोजनामा भएको हो । प्रतियोगिताको जेभियर ईन्टरनेशनल कन्सल्टेन्सी मुख्य प्रायोजक रहेको थियो । आयोजक प्रमुख सन्जु घलेले कार्यक्रममा व्यास ५ स्थित वेदव्यास जेष्ठ नागरिक आश्रमलाई नगद ५ हजार ५० रुपैया सहयोग प्रदान गर्नुभएको थियोे ।


छुटाउनुभयो कि ?






