सूर्य गुरुङ्ग र सरिता राईको स्वर रहेको क पुरी क सार्वजनिक

  • ख-
  • ख+

काठमाडौं, -गायक सुर्य गुरुङ र गायिका सरिता राइको ‘क पुरी क’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । वाङचु फ्युवा तमाङ एरेन्जर र किशोर थापा मास्टरमिक्सिर रहेको उक्त गीतमा सुर्य माम्बा तमाङको शब्द र संगित रहेको छ ।

सो म्युजिक भिडियोको निर्दशन भने निर्देशक राजेश आले मगरले गरेका हुन । जसको सम्पादकमा अच्युत बजगाइँ, छायाँकारमा सुशिल डाँगी र कोरिओग्राफरमा नबिन बिक रहेका छन् । अभिनय तर्फ सोम राज राज तमाङ ( राज घलान ), राहुल बाराइली, बिशाल लामा र पूजा मगरले कलाकारको भूमिका निभाएका छन् ।

दि पाल्म ग्रुपको पोस्ट प्रोडक्सनमा तयार पारिएको उक्त गीतको भिडियोलाई दि पल्म म्युजिक नामक युउटुब् च्यानलबाट सहजै हेर्न मिल्ने व्यवस्था मिलाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?