नारी दिवसको अवसरमा फुटवल प्रतियोगिताको आयोजना

  • ख-
  • ख+

तनहूँ । काउरेटार युवा क्लवको आयोजनामा फागुन २४ गते नारी दिवसको दिन बृहत साँस्कृतिक कार्यक्रम तथा कलाकार र स्थानिय युवा बिच मैत्रीपुर्ण फुटबल खेल हुने भएको छ । काउरेटार युवा क्लवको खेलमैदानमा हुने उक्त कार्यक्रममा कलाकारहरु राजु ढकाल , डम्बर नेपाली , रबिन लामिछाने, कृष्ण रेउले , कौशल राज खड्का ,सागर बि. सि. र सबिन आचार्य लगायतका कलाकारको मनोरज्नतात्मक प्रस्तुति पनि रहनेछ । भानु नगरपालिका वडा नं. ९ भित्रका खेलाडीहरु बिच हुन लागेको पहिलो वडा कप २०७७ को उद्घाटन खेलको अबसर पारेर मैत्रीपुर्ण खेलको आयोजना गर्न लागिएको आयोजकले बताउनुभएको छ । फागुन २७ गतेसम्म चल्ने वडा कपको बिजेताले २५ हजार रुपैयाँ, मेडल, प्रमाणपत्र र ट्रफी र उपबिजेताले १२ हजार ५ सय रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नुहुनेछ ।
भानु नगरपालिका वडा नं. ९ को आर्थिक सहयोगमा संचालन हुन लागेको प्रतियोगिताले वडा भित्रका खेलाडिहरुको प्रतिभा प्रष्फुटन हुन पाउने आयोजकहरुको दावी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?