तनहुँ । बिदाई हुन लागेका व्यास नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेलाई व्यास नगरपालिकामा विवादमा तान्न खोजिएको छ । उक्त कार्यमा जनताको सेवा र सुविधाको लागि लागिपर्नुभन्दा बर्षैपिच्छे बढुवा र सुविधा बृद्धि खोज्ने कर्मचारीहरु लागेको पाईएको छ। आफ्नो भविष्यको लागि विवादित काम गर्न रुचि नदेखाउने प्रमुख प्रसाशकीय अधिकृत गैरे सामु २०७९ साल मंसिर महिनामा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलावाट वढुवा लिएका सातौं तहका कर्मचारीहरुले वढुवाका लागि फाईल अगाडि बढाएका हुन् । गण्डकी प्रदेश ऐन २०७९ को दफा २७ (१) अनुसार सातौं तहवाट आठौं तहमा बढुवा हुनको लागि कम्तिमा ५ वर्ष सेवा अवधि पुरा गरेको हुनु पर्ने स्पष्ट व्यवस्था हुँदा हुँदै हाल ३ वर्ष पनि सेवा अवधि पुरा नहुँदै वढुवाको लागि कर्मचारीहरुवाट प्रस्ताव पेश हुनु आश्चर्यजनक विषय बनेको छ । यसै विषयमा गत वर्ष सम्बन्धित कर्मचारीहरुले बढुवा हुन पाऊँ भनी उच्च अदालत पोखरामा रिट दर्ता भएकोमा अवधि नपुगिकन वढुवा दिन नमिल्ने भनी उक्त रिट खारेज भएको थियो । तसर्थ अदालतको फैसलालाई समेत लत्याउँदै वढुवाको लागि प्रमुख प्रशासकीय अधिकृतको टेवलमा फाईल पेश गर्नु सरुवा हुन लागेको बेलामा फाईलमा हस्ताक्षर गराईहाल्ने र विवादमा तान्ने प्रवृत्ति हावि भएको छ । जुन हास्यासपद, अनुचित र उच्च अदालतको फैसला विपरित देखिएको छ । यसै विषयमा प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेसँग कुराकानी गर्दा उनले ”केहि विवादित कुरा भएकोले परामर्शको लागि लोकसेवा आयोगमा पठाईएको” बताएका छन् ।
अदालतको आदेश र प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०७९ तथा नियमावली २०८० को मर्म तथा भावना विपरित वढुवाको लागि भैरहको कसरत व्यास नगरपालिकामा जे पनि हुनसक्छ भन्ने मान्यतालाई अझ बल पुर्याउने व्यास नगरवासीको भनाईको रहेकोछ ।









