नेपालका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौ ।  अहिले नेपालमा पश्चिमी वायुको प्रभावका साथै देशको पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक असर देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ  । अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ।

आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने र अन्य स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ।

त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्