काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भए पनि समय र स्थान भने अझै तय गरिएको छैन।
पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार सचिवालय बैठक डाकिएको प्रवक्ता मनिष झाले जारी गरेको सूचनामा उल्लेख छ।
पार्टी सभापति लामिछाने को स्वास्थ्य अवस्था हेरेर बैठकको समय र स्थान निर्धारण गरिने बताइएको छ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार सिफारिसलगायत विषयमा छलफल हुने जनाइएको छ।
त्यसैगरी वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बनाउने विषयमा आवश्यक कदमबारे पनि बैठकमा छलफल हुने बताइएको छ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाएको छ।








