तहस नहस बन्दै क्रिकेटको भविष्य

  • ख-
  • ख+

कोरोना भाईरस कोभिड १९ ले संसारलाई हल्लाईरहेको बेला विश्वभर खेलकुदका गतिविधी लगभग लगभग शुन्य प्राय भईरहेका छन् । एकाध युरोयिन लिग बाहेक खासै खेलका गतिविधि संचालनमा आएका छैनन् ईन्डियन प्रमियिर लिग आईपिएलले मुर्झाएको खेल जगतलाई अलिकति शितलता प्रदान गरिरहेको छ तर नेपालमा खेलकुदका गतिविधि शुन्य भईरहेका छन् भने पहिल्यै तय भएका क्रिकेट लिगहरु धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिग हुने कि नहुने के हुने सबैमा अन्यौलता छाएको छ । यस्तोमाआयोजकहरु सरकारले अनुमति दिएमा सबै सावधानी अपनाएर क्रिकेट लिग संचालन गर्न सक्ने दावा गरिरहनुभएको छ ।

वेष्ट ईन्डिजका चर्चित व्याट्सम्यान क्रिस गेल नेपाल आएपछि संचालन हुने भनिएको एभरेष्ट प्रिमियर लिग त कोरोनाको माहामारी फैलिएपछि स्थगित भईसकेको छ ।
प्रतियोगिता घोषणा भईसकेपछि अनेकन शिर्षकमा खर्च भइसकेपछि आयोजकहरुलाई मार परेको छ । प्रतियोगिता स्थगन हुदा खेलाडीदेखि विज्ञापनदाता, आयोजक सबैलाई ठुलो असर पुगेको छ ।

कात्तिक महिनामा खेल तालिका भएको पोखरा प्रिमियर लिग पनि सञ्चालन हुने कुनै सुरसार छैन । आयोजकले अहिलेको अवस्थालाई नियाल्दै आयोजना गर्न नसक्ने बताउँदै आएको छ । यसले नेपालमा सहज तरिकाले क्रिकेट फर्किनेमा आशंका धेरै छ । महामारीका बीच इन्डियन प्रिमियर लिग नयाँ अवधारणका साथ सञ्चालन हुँदा नेपालमा पनि प्रतियोगिता सञ्चालन गर्न विकल्पको बाटो खोज्नु पर्ने खेलविद्हरुको भनाई रहेका छ ।

सधै जसो पदाधिकारी नियुक्तिमा किचलो भईरहने नेपाल क्रिकेट संघको अस्तित्व नभएको हुनाले पनि नेपालका क्रिकेट प्रतियोगिताहरु संचालन गर्ने अवस्था नै नभएको पनि खेलविद्हरुको भनाई रहेको छ ।
यस्तो बिषम परिस्थितिमा पनि खेललाई बचाउन, खेलाडि र खेल सम्बद्ध सबै पक्षलाई जोगाउन पनि सबै मिलेर कसरी क्रिकेट लगायत खेल क्षेत्रलाई जोगाउन जरुरी रहेको सबैको राय रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्