राष्ट्रपति रनिङ शिल्डः सत्यवती पहिलो, मित्रता दोश्रो र पञ्चमुनीदेव तेश्रोः राष्ट्रपति रनिङ शिल्ड व्यास नगरपालिकालाई

  • ख-
  • ख+

तनहूँ । ६ स्वर्णसहित १२ पदक जित्दै विगतका बर्षहरुमा झै यसबर्षमा पनि तनहूँ दमौली सत्यवती माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पहिलो भएको छ । लगातार ३ पटक शिल्ड उचालेर आफ्नो कब्जामा पारेको र १ वर्ष अघिको प्रतियोगितामा प्रथम भएको सत्यवती यसपाली पनि प्रथम भएको हो । ६ स्वर्ण जितेको सत्यवतिले ३ रजत र ३ कास्य पदक पनि जितेको छ । त्यसैगरि आँबुखैरेनी गाउँपालिकाको मित्रता माध्यमिक विद्यालय उक्त प्रतियोगितामा दोश्रो हुन सफल भएको छ । मित्रताले ५ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको हो ।
शुक्लागण्डकी नगरपालिकाको पञ्चमुनीदेव माध्यमिक विद्यालय प्रतियोगितामा ३ स्वर्ण, २ रजत र १ कास्य पदक जित्दै तेश्रो भएको छ । साथै उत्तm प्रतियोगिताको फाइनलमा सर्वाधिक पदक विजेता भएको कारण व्यास नगरपालिका राष्ट्रपति रनिङ शिल्डको विजयी भएको छ । अघिल्ला प्रतियोगिताहरुमा विद्यालयलाई नै शिल्ड दिने गरिएकामा यस पटकबाट धेरै पदक प्राप्त गर्ने तहलाई शिल्ड दिन शुरुवात गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
जिल्ला खेलकुद विकास समिति तनहूँका अध्यक्ष अनिल पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पुरस्कार वितरण गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्