व्यास नगरपालिकाको बोर्ड बैठक सम्पन्न

  • ख-
  • ख+

कार्तिक ५ बुधवार । व्यास नगरपालिकाको बोर्ड बैठक बुधबार सम्पन्न भएको छ । उक्त बैठकले विभिन्न ८ वटा निर्णयहरु गरेको छ । ति निर्णयहरुमा व्यास नगरपालिका नगरप्रहरी नियमावली २०७७, व्यास नगरपालिका सवारी साधन तथा यातायात व्यवस्थापन कार्यविधी २०७७, व्यास नगरपालिकाभित्र काठेपोल विस्थापन गर्ने सम्बन्धि गण्डकी प्रदेश सरकारबाट गत बर्ष प्राप्त पोलहरु गाड्न विद्युत प्राधिकरण र शिशाघाट बजार व्यवस्थापन सामुदायिक संस्थासंग समन्वय गरी पोल गाड्ने र अब पोल माग गर्दा ९ मिटरको माग गर्ने , सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधी अन्र्तगत केन्द्रीय समितिबाट विभिन्न वडाहरुमा लाभग्राहीलाई छनौट गर्न १० दिने सूचना प्रकाशित गर्ने ,बैठक दशै तिहार लगायतका चाडपर्वका अवसरमा शुभकामना प्रदान, कोरोना विमा गर्न बाँकि रहेका कर्मचारीको कोरोना बिमा गर्ने , नगरपालिकाभित्रका आन्तरिक सडक सफा गर्ने तथा प्राकृतिक प्रकोपबाट पुनःस्थापना गर्ने कार्यहरुको समिक्षा गर्ने, त्यसैगरि बोर्ड बैठकमा कोरोना महामारीपछि नगरक्षेत्रको अवस्थाको बारेमा समिक्षा गरिएको छ । उक्त बैठकमा गत आर्थिक बर्षको आन्तरिक आय र मालपोत कार्यालय तनहुँबाट जग्गा रजिष्ट्रेशन वापतको रकमको जानकारी दिइएको थियो । विज्ञप्ती अनुसार आन्तरिक आय ३ करोड १६ लाख ८६ हजार ३ सय ७२ रुपैयाँ र रजिष्ट्रेशन दस्तुर ८५ लाख प्राप्त भएकोले कुल आम्दानी ४०१८६३७२र ९५ कुल आम्दानी भएको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठद्धारा जारी विज्ञप्तीमा जनाईएको छ । बडा दशैको शुरुवातको समयमा बसेको व्यास नगरपालिकाको बोर्ड बैठक नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्