तनहूँमा थपिए १० जना कोरोना संक्रमित

  • ख-
  • ख+

तनहुँ : तनहूँका ५ वटा पालिकामा १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार भिमाद, शुक्लागण्डकी, भानु, , ऋषिङ, र व्यासमा सङ्क्रमित संख्या थपिएको हो ।
सबै सङ्क्रमित पोखरास्थित लाइफ केयर एण्ड डायग्नोष्टिक प्रा.लि. मा गरिएको परीक्षणबाट पहिचान भएका हुन् । कोरोना जोखिम बढ्दै गएको सन्दर्भमा जिल्लामा पनि दैनिकजसो कोरोना जोखिम बढ्दै गएको सन्दर्भमा जिल्लामा पनि दैनिकजसो सङ्क्रमित थपिनेक्रम जारी छ । भानु नगरपालिका-८ का ६६ वर्षीय पुरुष, भिमाद नगरपालिका-४ का २७ वर्षीया महिला, भिमाद नगरपालिका-६ का ३१, ५५ वर्षीय पुरुष, ऋषिङ गाउँपालिका-१ का ४५ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका-२ का ५२ वर्षीय पुरुष, शुक्लागण्डकी-९ का २२, ५३ वर्षीय पुरुष र व्यास नगरपालिका-१ का ४० वर्षीया महिला र २६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?