तनहूँ । नेकपा एमाले भिमाद नगर कमिटीको बुधवार वसेको विशेष वैठकले कोरोना महामारीवाट भयावह स्थिति उत्पन्न हुनसक्ने सम्भावना लाई मध्यनजर गर्दै कोभिड न्यूनीकरण एवं जनचेतना अभियान संचालन गर्ने भएको छ। नगर कमिटीका अध्यक्ष इमान वहादुर थापाको संयोजकत्वमा १०१ सदश्य रहनेगरी भिमाद नगरस्तरीय कोभिड न्यूनीकरण एवं जनचेतना अभियान कमिटि गठन गरेकोछ र सोही वैठकले नगरभित्रका प्रत्येक वडामा पार्टी वडा ईञ्चार्ज को संयोजकत्वमा वडा पार्टी अध्यक्ष र सचिव सह संयोजक रहनेगरी ५१ सदश्यीय वडास्तरीय कोभिड न्यूनीकरण एव जनचेतना अभियान कमिटी पनि गठन गरेको छ । जिल्ला कमिटी सचिवालय सदस्य एवं भिमाद नगर ईञ्चार्ज क. धर्मराज खनालको प्रमुख आतिथ्यतामा भएको उक्त वैठकको संचालन नगर पार्टी सचिव क. उमाकान्त श्रेष्ठले गर्नुभएको थियो।
भौतिक दुरी कायम गर्दै वसेको वैठकमा सवै वडाका ईञ्चार्ज एवं अध्यक्षहरुवाट कोभिड विरद्धको अभियान संचालनको लागी आ आफ्नो धारणा राख्नुभएको थियो।








