बर्दिया । होम आइसोलेशनमा बस्दै आएका बर्दियाका एक जना युवकको मृत्यु भएको छ ।
बर्दिया जिल्ला बारबर्दिया वडा नं. ८ का ३८ वर्षीय युवकको वैशाख १७ गते बाँसगढीको माछागढमा रहेको कोभिड अस्पतालमा एन्टिजेन परीक्षण गराउँदा उहाँ र उहाँकी श्रीमतीकोमा पोजेटिभ रिपोर्ट आएको थियो ।
उहाँहरूको रिपोट पोजेटिभ आएपछि होमआइसोलेशनमा बस्दै आएका युवाको अस्पताल लैजाने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । (रासस)








