तनहूँमा स्वास्थ्य मापडण्ड पुरा नगरी हिड़ने व्यक्ती तथा साधन कारवाहीमा

  • ख-
  • ख+

तनहूँ । दोस्रो चरणको कोरोना भाईरस रोगको रोकथाम तथा नियन्त्रणको लागी जिल्ला प्रशासन कार्यालय तनहूँबाट जारी गरिएको निषेधाज्ञाको अवहेलना गर्ने व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय तनहूँले कारवाही गरेको छ । २४ गते शुक्रवार दिउसोसम्म ९८ जना व्यक्ति र १ सय ६० वटा सवारी साधनहरु तनहूँ जिल्लाका बिभिन्न स्थानमा करिब २ घण्टा होल्डमा राखि निषेधाज्ञा एवं कोरोना भाईरस रोगबाट बच्नको लागी स्वास्थ्य मापदण्ड पालना गर्न सम्झाई बुझाई गरी छाडिएको जिल्ला प्रहरी कार्यलय तनहूँका प्रवक्ता एवं प्रहरी उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभएको छ ।
। साथै सो अवधिमा स्वास्थ्य मापदण्ड पुरा नगरी हिडडुल गर्ने, सवारी चलाउने ९८ जना व्यक्तीहरुलाई १ सय रुपैयाका दरले ९ हजार ८ सय जरिवाना गरी, सम्झाई बुझाई गरी माक्स समेत वितरण गरी छाडिएको पनि जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?