१९ सयको अक्सिमिटर ३५ सयभन्दा बढीमा बेचेको आरोपमा व्यापारी पक्राउ

  • ख-
  • ख+

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

घरमा औषधी पसल चलाउँने तिवारीलाई घरैबाट शुक्रबार अपरान्ह पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभएको छ ।

तिवारीले १९ सय रुपैयाँमा पाइने अक्सिमिटर ३५ सय भन्दा बढी मूल्यमा बिक्री गरेको पाइएको खनालले बताउनुभयो ।

तिवारीको पसलबाट प्रहरीले १२ थान अक्सिमिटर बरामद गरेको छ।

तिवारीलाई कालोबजारी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइने खनालले बतउनुभयो।

‘कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाको समयमा पनि उहाँले महंगोमा अक्सिमिटर बिक्री गरेको जानकारी आएपछि प्रहरीले पक्राउ गरेको हो,’ खनालको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?