बाघको आक्रमणबाट ३३ वर्षीय युवा घाइते

  • ख-
  • ख+

चितवन । बाघको आक्रमणबाट पूर्वी चितवनको राप्ती नगरपालिकामा एक जना घाइते हुनु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका वडा नंं ६ का ३३ वर्षीय उमेश राई हुनहुन्छ ।

उहाँलाई बाघले यही वैशाख २४ गते भैँसी चराउने क्रममा प्यारीढाप भन्ने स्थानमा आक्रमण गरेको थियो ।

आक्रमणबाट घाइते हुनभएका राईलाई राति १०ः२५ बजे पुरानो मेडिकल कलेजमा ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते राईको अवस्था मध्यम रहेको छ ।(रासस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?