गण्डकीमा मतदानको दिन सम्पर्कविहिन सांसद शाही कोरोनामुक्त

  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुगंंविरुद्ध संसदमा पेस अविश्वास प्रस्तावमाथि मतदान हुने दिन बैशाष १५ सम्पर्कविहीन हुनुभएका गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाही कोरोना संक्रमणमुक्त हुनुभएको छ । उक्त दिन मतदानको बेलामा सम्पर्कविहिन हुनुभएका उहाँलाई पोखराकै चरक अस्पतालमा कोरोनाको उपचार गराईरहेको भेटिएको थियो ।
९ दिनको अस्पताल बसाईपछि उहाँको रिर्पोट नेगेटिभ आएको र उहाँलाई अस्पतालबाट होटलमा सारिएको राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिनुभएको छ ।
सरकारी तवरबाट गरिएको कोरोना परिक्षण आएपनि निजी अस्पतालको परिक्षणमा रिर्पोट पोजिटिभ आएपछि उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो । अविश्वासको प्रस्तावमा मतदानको बेला हुदै गर्दा उहाँ एकाएक अस्पताल भर्ना हुनुलाई मानिसहरुले आंकलन गरेपनि उहाँले आफ्नो धारणा व्यक्त गर्नुभएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?