पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गर्नुभएको छ।
बुधबार प्रदेश प्रमुख सीता नेपालीलाई पत्र लेखी उहाँले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गर्नुभएको छ ।
६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री नियुक्त हुन ३१ सांसदको समर्थन आवश्यक पर्छ ।








